सहकारी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १६:५०

काठमाडौं । सहकारी विकास मन्त्रालयले १ खर्ब १८ अर्ब ३४ करोड बजेट पाएको छ ।

आगामी आर्थिक वर्ष २०८२–८३ का लागि संसद्मा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रस्तुत गरेको बजेट भाषणमार्फत उक्त मन्त्रालयका लागि सो बजेट घोषणा गरेका हुन्।

ऊर्जातर्फ ८६ अर्ब

ऊर्जा तथा जनस्रोत मन्त्रालयका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन भएको छ। सरकारले तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले आन्तरिक खपत बढाउने,आगामी दुई वर्षमा ग्रामीण विद्युतीकरण सकिने पनि बताए । उनले ६७० मेगावाटको जलसाय युक्त दुधकोशी जलविद्युत आयोजनाको जग्गा मुआब्जाको काम सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने बताए ।

उनले अध्ययन सम्पन्न भएको तनहुँस्थित तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गरिने र बुढीगण्डकी आयोजना सार्वजनिक निजी साझेदारीमा निर्माण गरिने पनि बताए ।

उनले भने, ‘सरकारले गरेको लगानीलाई सेयरमा परिणत गरेको छ । अपर अरुण किमाथाङ्का अरुण,नलगाड,मुगु कर्णालीको निर्माण ढाँचामा बनाइने छ । १०६ मेगावाटको जग्दुल्ला आयोजना निर्माण गरिने छ ।’

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.