प्रतीकात्मक तस्बिरविराटनगर । झापाको काँकडभिट्टादेखि सुनसरी सदरमुकाम इनरुवासम्म रेलमार्ग निर्माणका लागि रोक्का राखेको जग्गा फुकुवा भएको छ ।
संसदमा आज (बिहीबार) आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले रोक्का फुकुवा गर्ने घोषणा गरेका हुन् ।
पूर्वपश्चिम रेलमार्ग निर्माणका लागि ५ वर्षअघि रेखांकन गरी निर्माण क्षेत्रको जग्गा रोक्का राखिएको थियो । जग्गा धनीले मुआब्जा नदिने भए रोक्का फुकुवा माग गर्दै एक वर्षयता आन्दोलन गरिरहेका थिए ।

























