६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १७:५१

काठमाडौं । आगामी आर्थिक वर्ष ०८२/८३ मा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएको छ। बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उनले रोजगारी सृजना, राजस्व परिचालन सुदृढ, बजेट अनुशासन कायम, सरकारको लक्ष्य प्राप्तिलगायतका सूचकाङ्कबाट अर्थतन्त्रमा गतिशीलता आउने अपेक्षा भएकाले ६ प्रतिशतको वृद्धिदर हासिल हुने सरकारको अपेक्षा गरेका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेटमा आगामी आवमा ५।५ प्रतिशतको सीमाभित्र मुद्रास्फीतिलाई कायम गर्ने लक्ष्य पनि लिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.