मदिरा, सुर्ती र चुरोट आयातमा भन्सार महसुल वृद्धि

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १७:५८

काठमाडौं । सरकारले मदिरा, बियर सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उनले मदिरा, बियर सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको उल्लेख गरे । उनले भन्सार महसुलका केही दरमा समायोजन गरेको बताए ।

उनले भने,‘ विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि गरेको छु । स्वास्थ्य जोखिम करको दायरा विस्तार गरेको छु । विद्युतीय विजक प्रणालीमा करदाताको आबद्धता बढाउँदै केन्द्रीय विजक अनुगमन प्रणालीको दायरा फराकिलो बनाइने छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.