
काठमाडौं । २ विदेशी र १ नेपाली निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
सोमबारको बैठकले ३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच-एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्मान सेवा रहेका छन् ।
मरुशिन र पीएच-एसएमएनएसलाई २ वर्ष र शंकरमालीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । अब यी कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

























