
काठमाडौं । नेपाली बजारमा बुधबार (आज ) सुनको मूल्यमा वृद्धि हुँदै २ लाख रुपैयाँ नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९३ हजार २ सय रुपैयाँ पुगेको छ ।
यो हिजो मंगलबारको तुलनामा ५ सय रुपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा ३० रुपैयाँले बढी हो ।
मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ४५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

























