
विराटनगर । अरिहन्त ग्रुप अन्तर्गतको अरिहन्त अटो कोरोग्रेसन लिमिटेडले उत्पादन गर्ने पीयोर टीस्यु पेपरले विदेश निर्यात गर्ने लक्ष्य राखेको छ । नेपालमा टीस्यु पेपर उत्पादन गर्ने अरिहन्तले विदेश निर्यात गर्ने लक्ष्य राखेको हो ।
कम्पनीले पहिलो पटक आयोजना गरेको अधिकृत विक्रेतासँगको भेटघाट तथा छलफल कार्यक्रममा प्रबन्ध निर्देशक पारस लुनियाले १० वर्ष भित्र विश्वको १ सय देशमा निर्यात गर्ने लक्ष्य राखेको बताए ।
कम्पनीले आयोजना गरेको अधिकृत बिक्रेताहरू सँगको भेटघाट तथा छलफल कार्यक्रममा नेपाल भरका बिक्रेता सहभागि थिए ।
कच्चा पदार्थ विदेशबाट ल्याएर नेपालमा टीस्यु पेपर उत्पादन गर्ने पीयोर नेपालकै पहिलो हो । टीस्सू पेपरलाई घर–घरमा पुर्याउने योजना रहेको उनले बताए । तीन तहकै सरकारको सरकारी कार्यालय, अटो मोबाइल्सको ग्यारेज, होटेल रेस्टुरेन्ट र घरघरमा पीयोर टीस्यू पेपर पुर्याउने हाम्रो योजना रहेको उनले बताए ।
७ वर्ष अघि सुनसरीको इटहरी उपमहानगरपालिकास्थित खनारमा २५ करोडको लागतमा प्लान्ट स्थापना भएको थियो ।

























