
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । चाँदीको भने बढेको छ ।
सुन प्रतितोला ६ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मूल्य घटेसँगै सुन प्रतितोला १ लाख ९० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने प्रतितोला १५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

























