
काठमाडौं । सुनको मूल्यमा १ हजार ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) १३ सय रुपैयाँले बढेर १ तोला सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।
मंगलबार एक तोला सुनको मूल्य १ लाख ९० हजार कायम भएको थियो । महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य स्थिर छ।
अघिल्लो दिन तोलाको २१ सय ६५ रुपैयाँ पुगेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

























