देशभर प्रदर्शनमा ‘महाभोज’

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ ३०, शुक्रबार १५:२६

काठमाडौं । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले करिब २ सय शोसहित सार्वजनिक प्रदर्शनको सुरुवात गरेको हो ।

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका रहेको यो चलचित्रले दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ। ।

काठमाडौंमा केही दिनअघि प्रिमियर भइसकेको महाभोजको टोलीले हालै पोखरा र बुटवलमा पनि विशेष शो आयोजना गरेको थियो ।

यसै क्रममा बिहीबार एकै दिन विराटनगर र धरानमा पनि भव्य प्रिमियर शोहरू सम्पन्न गरिएका छन् । यी प्रिमियरहरूमा सहभागी दर्शकहरूले चलचित्रप्रति निकै उत्साह देखाएका छन् ।

काठमाडौं उपत्यका बाहिरका प्रिमियर शोहरूमा कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महतका साथै निर्देशक दिनेश राउत पनि उपस्थित थिए । चलचित्र युनिटले प्रिमियरबाट प्राप्त दर्शकको प्रतिक्रियाले आफूहरू निकै उत्साहित भएको बताएको छ ।

महाभोज क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको चलचित्र हो । यसका निर्माता हिमाल कडरिया हुन् ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×