विज्ञ भन्छन्, ‘सर्पले टोके तुरुन्त अस्पताल जानुस्’

मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ असार १, आइतबार १४:१७

विराटनगर ।  कोशी प्रदेशमा वर्षा याम सुरु भएसँगै सर्पको टोकाइबाट बालबालिकाको ज्यान जाने घटना दोहोरिन थालेको छ ।  पछिल्लो  मोरङका  विभिन्न स्थानमा सर्पदंशका कारण दुई बालिकाको मृत्यु भएको छ ।

घटना १

Advertisement

२०७८ असारमा मोरङको जहदा गाउँपालिका–२, भीमपुर बेरियामा ८ वर्षीया चाँद मुर्मूको सर्पले टोकेर ज्यान गएको थियो। राति २ बजे पिसाब गर्न बाहिर निस्किएकी चाँदलाई घरको आँगनमै सर्पले टोकेको थियो। गम्भीर अवस्थामा विराटनगरस्थित कोशी अस्पताल ल्याइए पनि बिहान ४:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटना : २ 

२०८२ जेठ २९ गते बेलबारी नगरपालिका–५ मा ८ वर्षीया सन्ध्या रायमाझी सुतिरहेको अवस्थामा सर्पको टोकाइमा परिन् । उनलाई तत्काल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

यी घटनाहरू प्रतिनिधिमूलक मात्र हुन् । वर्षा सुरु भएसँगै विशेषतः तराईका ग्रामीण क्षेत्रमा सर्पदंशको जोखिम अत्यधिक बढ्ने विज्ञहरू बताउँछन् ।  उपचारको अभाव र झारफुकमा सीमितता कारण जनधनको क्षति बेहोर्नुपर्ने समेत उनीहरूको भनाई छ ।

सर्प अनुसन्धान केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष सयौँ मानिस सर्प दंशको कारण ज्यान गुमाउँछन् । धेरैले समयमै अस्पताल नपुग्दा वा झारफुकमा भर परेर ज्यान गुमाइरहेका छन् ।

उपचार केन्द्रको अनुसार  कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, र उदयपुर जिल्लामा विभिन्न सर्प दंश उपचार केन्द्रहरू सक्रिय छन् ।  सुनसरीको इटहरीस्थित सामुदायिक सर्प दंश उपचार केन्द्रमा २०६६ देखि २०८२ जेठ ३० सम्म ३५ हजार ७७५ जनाले उपचार लिएका छन् ।

सबैभन्दा बढी २०७२ मा २५०७ जनाले सेवा लिएका थिए भने २०७९ मा सबैभन्दा कम २०३ जनाले मात्र उपचार गराएका थिए । २०७८ मा २३७८ जनाले र २०८० को वैशाख–जेठ अवधिमा ३०० जनाले उपचार लिएको केन्द्रका तथ्याङ्कमा उल्लेख छ। केन्द्रका अनुसार महिलाभन्दा पुरुष बिरामीको सङ्ख्या बढी छ।

नेपालमा पाइने सर्पहरू

विषालु – कमन कोब्रा, कमन क्रेट, अहिरयो पिट भाइपर, पहाडी पिट भाइपर

विष नहुने सर्प – ग्यालेक्सी ऐशोडिया, धामन, पानी सर्प, लाचे एन गिल्डिङ

‘श्रोत नेपाल सर्प अनुसन्धान केन्द्र तथा बिन कार्यालय’

सर्पले टोकेको कसरी थाहा पाउने ? 

-टोकेको स्थानमा मिस दन्तका छाप
-श्वासप्रश्वासमा कठिनाइ
-रिँगटा, बेहोस, मुख सुक्ने
-थुक निल्न गाह्रो हुने
-छालाको रङ्ग बदलिने
-शरीर सुन्निने
-सर्पले टोक्दा प्राथमिक उपचारमा ध्यान दिने

विज्ञहरूका अनुसार सर्पले टोको खण्डमा टोकेको भाग चलाउन नदिने, विषका लक्षणहरू धेरै चाँडो फैलिने हुनाले प्रेसर ब्इाण्डेज  प्रयोग गर्ने , कसिने खालका डोरीले नबाँध्ने, जति सक्दो चाँडो  उपचारका लागि एन्टि स्नेक भेनम सिरम तथा दक्ष चिकित्सक भएको अस्पतालमा लैजाने ।

सर्पले टोकेको भागमा पोटास तथा अन्य रासायनिक हाल्न नहुने र सर्पले टोकेको औषधि नै एन्टि स्नेक भेनम सिरम भएकाले  यसको उपचार जहा त्यही नहुने भएकाले सर्पले टोकेको बिरामीलाई सर्प दंश उपचार केन्द्रमा लग्न विशेषज्ञको सुझाव छ ।

उनीहरूको भनाइ अनुसार वर्षा  याममा सर्पको गतिविधि बढ्ने भएकाले जोखिम उच्च हुन्छ। त्यसैले सर्पको टोकाइ भएमा तत्काल नजिकको सर्प दंश उपचार केन्द्र वा अस्पतालमा पु¥याउन ढिला गर्नु हुँदैन। समयमै उपचार प्राप्त भए अधिकांश ज्यान बचाउन सकिन्छ ।

तपाइको प्रतिक्रिया
कंगोमा इबोला तीव्र रूपमा फैलँदै, १ सय जनाको मृत्यु
इबोला महामारी नियन्त्रणभन्दा बाहिर, १० हप्तामै १,३०० भन्दा बढीको मृत्यु
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन साउन २५ देखि 
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन साउन २५ देखि 
कोशीको सत्ता नयाँ मोडमा : हिक्मतकै निरन्तरता कि तिलकुमारको सम्भावना ?
गोली हानेपछि पक्राउ परे झुम्का कारागारका फरार कैदी
झापामा इलेक्ट्रिक स्कुटरको ठक्करबाट तीन महिला घाइते, एक जनाको अवस्था गम्भीर
यस्तो रहनेछ मौसम, कहाँ–कहाँ हुँदैछ वर्षा ?
४६ अर्बको पूर्वपश्चिम सडक धमाधम कालोपत्र
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
विराटनगरमा एमएससी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता
शिक्षामन्त्रीको राजीनामापछि एक महिनादेखिको आन्दोलन फिर्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×