नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २, सोमबार १५:०१

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी– २०आई शृंखलामा आफ्नो पहिलो खेल नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ ।

खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

इतबार भएको शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो । १६१ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १२१ रनमा अलआउट भयो ।

नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म भएका टी– २०आई खेलहरूमा ७ खेल नेदरल्याण्ड्सले जितेको छ भने ५ खेल नेपालले जित्दा १ खेल नतिजाविहीन छ ।

पछिल्लोपटक नेपाल र नेदरल्याण्ड्स सन् २०२४ जुनमा आईसीसी टी– २० विश्वकपको खेलमा भिडेका थिए । यो खेलमा दरल्याण्ड्स विजयी भएको थियो ।

कीर्तिपुरमा भएको त्रिदेशीय शृंखलाको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत एकदिवसीय शृंखला सकिएपछि त्यही टोलीहरूको बीचमा टी–२० आई खेल भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.