स्कटल्याण्डमाथि नेपाल विजयी

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३, मंगलबार २३:०८

विराटनगर । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजकाे दाेस्राे खेलमा नेपालले घरेलु टोलीमाथि २ विकेटको जित निकालेको छ । पहिलो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो ।

स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा  ८ विकेटकाे क्षतिमा भेट्टायाे ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । लोकेश बम ९, अनिलकुमार शाह ३, कप्तान रोहित पौडेल ७, बसिर अहमद १३, रुपेश सिंह ३, किरण ठगुन्ना १० र दीपेन्द्रसिंह ऐरी १४ रनमा आउट भए । सन्दीप लामिछाने एक र करण केसी ३ रनमा अविजित रहे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.