नेदरल्याण्ड्ससँग नेपालले लियो बदला

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ५, बिहीबार २३:०९

विराटनगर । स्कटल्याण्डमा जारी त्रिदेशीय टी– २० आई शृंखला अन्तर्गत नेदरल्याण्ड्ससँग दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

पहिलो खेलमा तस्रो सुपर ओभरमा पराजित भएको नेपाल सिरिजको तेस्रो तथा नेदरल्याण्ड्ससँगकाे दाेस्राे  खेलमा विजयी भएको हो ।

सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको थियो ।

नेदरल्याण्ड्समाथिको जितसँगै नेपालले तीन खेलमा दुई जित दर्ता गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको नेपालले २ बल बाँकी हुँदै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

नेपालको जितमा कुशल भुर्तेलले ६५ रन जोडे । भीम सार्कीले २७ रन जोड्दा आरिफ सेखले ३९ रन जोडे ।

नेदरल्याण्ड्सका लागि माइकल ओपनिङ ब्याटर लेभिटले ५३ बलमा ८६ रनको आक्रमक पारी खेलेका थिए ।भेट्रान अलराउण्डर रोलफ भान डर मर्वेले २१ बलमा ३६ रनको अविजित पारी खेले ।

नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए । दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप लामिछाने र रुपेश सिंहले १–१ विकेट लिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.