नेपाल खेलकुद महासंघको विराटनगरको २ वटा वडा कमिटी गठन 

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ७, शनिबार २०:१३

विराटनगर । नेपाल खेलकुद महासंघले विराटनगर महानगरपालिकाको १४ र १५ नम्बर वडा कमिटी गठन गरेको छ । दुवै वडामा सर्वसम्मत कमिटी चयन भएका छन् ।

वडा नम्बर १४ को अध्यक्षमा विवेक राउत सर्वसम्मत चयन भए । वडा भेलाबाट राउतको अध्यक्षतामा १४  सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन भएको हो । कमिटीको उपाध्यक्षमा रितेश बिक र कृष्ण मिश्र, सचिवमा इस्रफिन खान, सहसचिव द्वय निखिल राउत र अनिल पासवान चयन भए भने कोषाध्यक्षमा निलम महतो सर्वसम्मत भए ।

सदस्यहरूमा करन राउत, सुमन राउत, चाँदनी शर्मा, विकास चौधरी, अनिल चौधरी, समीप श्रेष्ठ र चमन राउत चयन भए ।

त्यस्तै, वडा नम्बर १५ को अध्यक्षमा सगुन ठाकुर सर्वसम्मत चयन भए । ठाकुरको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत भएको हो ।

उपाध्यक्षमा उषा साह र आकाश श्रेष्ठ, सचिवमा संजय मण्डल र सहसचिव द्वय विवेक श्रेष्ठ, मञ्जित यादव चयन भए भने कोषाध्यक्षमा मुस्कान भगत सर्वसम्मत भएका छन् ।

सदस्यहरूमा ओमप्रसाद साह, सागर ठाकुर, रंजित साह, सगुन बिक, अंशु श्रेष्ठ चयन भए ।

नेपाल खेलकुद महासंघका कोशी प्रदेशका अध्यक्ष रोहित कोइराला, महासंघको स्थायी कमिटी सदस्य तथा महानगर इन्चार्ज मनोज विक्रम शाह, केन्द्रीय विज्ञ आयोगका उपाध्यक्ष दीपेश बास्तोला र विराटनगर महानगर कमिटी अध्यक्ष जतिन ताम्रकार लगायतको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.