लाओसमाथि नेपालको सानदार जित, साम्बाको ह्याट्रिक

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १५, आइतबार २०:४७

काठमाडौं । एएफसी महिला एसियन कप छनोट खेलमा नेपालले लाओसमाथि ९–० को फराकिलो जित निकालेको छ । सावित्रा भण्डारी साम्बाले कप्तानी डेब्युमा ह्याट्रिक गरेपछि नेपालले ९–० ले विजयी भएको हो । आजको खेल नेपालको १०० औं अन्तर्राष्ट्रिय खेल पनि हो ।

उज्वेकिस्तानको तास्केन्तमा आइतबार भएको समूहको आफ्नो पहिलो खेलमा नेपालले सानदार जितसहित ३ अंक जोडेको छ ।

नेपालको फराकिलो जितमा सावित्राले ४ गोल गरिन् । अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी, रश्मी कुमारी घिसिङले १–१ गोल गरे । एक गोल नेपालले उपहार पाएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.