थिम्पुबाट भुटान लिग खेल्दै अञ्जली र सविना 

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १८, बुधबार १५:०६

काठमाडौं । भुटानको थिम्पु सिटी एफसीमा २ जना नेपाली महिला खेलाडी अनुबन्धित भएका छन् ।

नेपाली राष्ट्रिय महिला यु २० टोलीका पूर्व खेलाडी अञ्जली चन्द र सविना चौधरी अनुबन्धित भएका हुन् ।

थिम्पुबाट सन् २०२५ को भुटान महिला राष्ट्रिय लिगमा उनीहरूले प्रतिस्पर्धा गर्ने छन् । २०२५ अक्टोबरसम्मका लागि उनीहरूको सम्झौता रहेको बताइएको छ ।

थिम्पु अहिले लिगको अंक तालिकामा गोल अन्तरका आधारमा चौथो स्थानमा छ । टोलीले आफ्नो सुरुवाती २  खेल जितेको छ । अञ्जली मिडफिल्डर र सविना चौधरी डिफेन्डर हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.