साम्बाले लगातार दोस्रो ह्याट्रिक गरेको खेलमा नेपालको फराकिलो जित

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १८, बुधबार २१:०७

काठमाडौं । नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार दोस्रो खेलमा ह्याट्रिक गोल गरेपछि नेपालले ८– ० को जित निकालेको हो ।

नेपालका लागि साम्बाको ३ गोल गर्दा गिता रानाको २ गोल गरिन् । निशा थोकर, रेखा पौडेल र पुजा रानाले १–१ गोल गरे । नेपालले दुवै हाफमा ४–४ गोल गरेको थियो ।

लगातार दुई जितपछि नेपाल ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा उक्लेको छ । लगातार दुई खेलमा पराजित भएको श्रीलंका एक खेल अगावै बाहिरिने पक्का भएको छ ।

आज घरेलु टोली उज्वेकिस्तानले लाओससँग खेल्दैछ । उज्वेकिस्तानले लाओसलाई हराएमा एसियन कप पुग्नका लागि नेपाल र उज्वेकिस्तानबीचको अन्तिम खेल निर्णायक हुनेछ ।

समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.