घरको चुलो निभेको छैन, तर
‘जिम्मा’ बोकेर भागेछ छोरा।
हजुरआमाको कमजोर पिठ्युँमा,
अझै बोक्नुपर्ने थेगो थुप्रिएको छ।
उसको आँखा अहिले सपनाको सहरमा छ।
उसले भन्यो, म बाँच्न जान्छु,
तर, जिम्मा पछि फिर्ता लिएर आउँछु।
तर, चिट्ठीले घरको डोब टेक्नै छाड्यो,
आशा जति थियो, निराशा बन्यो।
गाउँको बाटोले अझै खोज्छ,
उसको पाइलाको आवाज।
बाउको लठ्ठी अझै ठिंग उभिएको छ,
कुनै दिन छोराको हात समात्न।
तर छोरा,
तिमीले सम्झ्यौ कि छैन,
जीवन जिम्मा हो,
जसलाई छोडेर होइन,
सामना गरेर जितिन्छ।
घरको दुःख,
अनि सपना पूरा गर्ने,
त्यही जिम्मामा छ।
तर, जिम्मा बोकेर भाग्ने तिमी,
के आफ्नो बाटो फेला पार्यौ ?
घर फर्क,
बाउले मुन्टो निहुराउँदै भन्छन्,
छोरा, यो जिम्मा सँगै लिउँ,
सपना बाँडेर देखौं ।