हुन सक्छ फेरि दास विद्रोह

मुलुकी खबर
सुमिना
clock२०८२ असार २१, शनिबार १३:३१

उहिले उहिले
घर–घरमा मालिक हुन्थे, दास हुन्थे !
टोल–टोलमा मुखिया हुन्थे, रैती हुन्थे !

आधुनिक मालिकहरू
‘प्रमोसन’ भएर सिंहदरबार पुगेका छन्
दासहरू रैती भएका छन्
रैतीहरू जनता भएका छन् !

Advertisement

आजभोलि मालिकहरू
मन्त्री कहलिन्छन्, सांसद कहलिन्छन्
‘स्ट्रक्चर’ उही छ
शासन र शोषणको प्रक्रिया फेरिएको छ !

मालिकहरूको प्रभुत्व उस्तै छ
जनजीवन सत्ताको गोडामुनि थिचेर
दास बनाइएको छ !
यहाँ सबथोक फेरिएको छ
तर, सबथोक उस्तै छ !

तर, आजभोलि
यी आधुनिक मालिकहरू
इतिहास बिर्सिएका छन्

उनीहरूलाई थाहा छैन
अत्याचारको चरम रेखाले
सधैँ पुकारिरहन्छ विद्रोह !

दासहरूको फेहरिस्तबाट
जन्मन्छन् स्पार्टाकस
जन्मन्छन् ग्लाडियटर ।

लड्छन् मालिकका विरुद्ध
उन्मुक्तिको युद्ध !
हुन सक्छ फेरि ‘दास विद्रोह’ ।

आधुनिक मालिकहरू
शाश्वत इतिहास बिर्सेका छन् !

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.