
विराटनगर । एएफसी महिला एसिया कप २०२६ अन्तर्गत समूह ‘एफ’ को छनोटको अन्तिम खेलअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला फुटबल टोलीलाई जीतको शुभकामना दिएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल माध्यमबाट खेलाडीसँग जाेडिएका ओलीले उज्वेकिस्तानविरूद्धको खेलमा जीतका लागि शुभकामना दिएका हुन् ।
नेपाली खेलाडीहरू उज्वेकिस्तानबाट भर्चुअल माध्यमबाट जोडिएका थिए । ‘हेल्लो साम्बा एन्ड टिम विस यु अल द बेस्ट,’ प्रधानमन्त्री ओलीले भनेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबाट संघ ९एन्फा० का अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई पनि भर्चुअल रूपमा नेपालबाट जोडिएका थिए । आजको खेल जिते नेपाल एसिया कपमा छनोट हुनेछ ।
‘देशको गौरव बढाउन तपाईंहरूले गरिरहनुभएको योगदानको म प्रशंसा गर्दछु । नेपाली महिला फुटबलको ४० वर्षे संघर्षपूर्ण इतिहासमा अर्को स्वर्णिम नतिजा प्राप्त हुनेछ। तपाईंहरूमा जितको मनोबल देखिएको छ,’ ओलीले भनेका छन्,‘ तपाईंहरुले जित्नैपर्छ। हामी जित्नेछौं। यसलाई हामीले टर्निङ पोइन्टका रुपमा लिनेछौं ।’



















