नेपालको एसियन कप यात्रा टुंगियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २२, आइतबार ०५:५९

काठमाडौं । एएफसी एसियन कप फुटबल छनोट अन्तर्गतको निर्णायक खेलमा नेपाल पराजित भएको छ । उज्वेकिस्तानसँग टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित भएपछि नेपाली टोलीको एसियन कप, २०२६ को यात्रा टुंगिएको छ ।

छनोटअन्तर्गत निर्णायक खेलमा नेपाललाई हराउँदै घरेलु टोली उज्वेकिस्तान अर्को वर्ष अष्ट्रेलियामा हुने एसिया कपमा छनोट भएको हो । कप्तान सावित्रा भण्डारी र गोलकिपर अन्जना रानामगर टाइब्रेकरमा चुक्नु नेपालका लागि दुर्भाग्यपूर्ण बन्यो ।

Advertisement

उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो । ११ औं मिनेटमा उज्बेकिस्तानले अग्रता दोब्बर बनायो । २४ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरिन् । तर, ३९ औं मिनेटमा पेनाल्टीमार्फत शोएमोभले गोल गर्दै उज्बेकिस्तानको अग्रता फेरि बढाएकी थिइन् ।

एन एर्गासेभाले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि उज्बेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित रहेको थियो । दोस्रो हाफको ७० औँ र ७१ औँ मिनेटमा सावित्राले लगातार गोल गर्दै नेपाललाई खेलमा फर्काइन् ।

निर्धारित समय ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । त्यसमा नेपाल पराजित हुन पुगेको हो ।

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.