कराँतेमा नेपाल उपविजेता

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २२, आइतबार २०:२५

काठमाडौं । नेपाल ९ औँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा उपविजेता बनेको छ ।

नेपाल २१ स्वर्ण, ९ रजत र २० कांस्यसहित टिम उपविजेता भएको नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिए ।

महिला ६८ केजीमाथि कराँते महासंघबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए ।

प्रदीप बैजाली मगरले यु –२१ र सिनियरको व्यक्तिगत कुमुतेमा समान १–१ स्वर्ण तथा टिम कुमुतेमा रजत जिते ।

नेपालमा भएको ७ औँ संस्करण र भुटानमा भएको ८ औँ संस्करणमा नेपाल टिम च्याम्पियन भएको थियो ।

श्रीलंकाको कोलम्बोमा भएको प्रतियोगितामा भारत टिम च्याम्पियन बन्यो ।

भारतले २३ स्वर्ण, २४ रजत र १२ कांस्य जित्यो । तेस्रो स्थानको श्रीलंकाले १६ स्वर्ण, २० रजत र २३ कांस्य हात पार्‍यो ।

३ स्वर्ण, ७ रजत र १४ कांस्य जितेको बंगलादेश चौथो भयो । ६ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान १ रजत र ७ कांस्यसाथ पाँचौँ र १ रजत र १ कांस्यसाथ भुटान छैटौँ भए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.