
काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा ‘लेभल वान कोचिङ’ कोर्स बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ (आईटीटीएफ) को वार्षिक क्यालेन्डर अनुसार भएको कोर्समा पारासहित नेपालका २८ र भारतका २ गरी ३० प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक संघका महासचिव कुबेरप्रकाश सिंहले जानकारी दिए ।
उनका अनुसार ७ वटै प्रदेशको सहभागिता रहने गरी प्रशिक्षार्थी समावेश गरिएको छ ।
नेपालबाट संयोग कपाली, विपुल महर्जन, रितिज जोशी, कृष्ण थापा मगर, आशिप अवाले, रिजन गोथे, सुजन गडाल, दिवस जेठारा, राहुल शाह, रोशन श्रेष्ठ, अजय श्रेष्ठ, दीपक गिरी, नारायण घिमिरे, कपिल थापा मगर, रोशन अधिकारी, विवेक राई, दीपेश राना, शिखा सुवाल श्रेष्ठ, वियन्का राई, इभाना थापा, आश्मा पहाडी, नबिता श्रेष्ठ, रविना देसार, रायकोशी शाही, अन्जु सुवाल, सोनिका ढकाल, ऐश्वस्वी अवाल र अजय बिक सहभागी छन् ।
भारतबाट निथिन हरिदास सुदर्शाने भेलायोदमले भाग लिएको संघले जनाएको छ ।
कोर्स आईटीटीएफका डेभलपमेन्ट प्रोग्राम म्यानेजर बेन होज माब्रुक रामजीले सञ्चालन गर्ने छन् ।
कोर्सको राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजक संघका अध्यक्ष बृजेन्द्रबहादुर हमाललगायतको उपस्थिति रहेको थियो ।
कोर्स असार २९ गतेसम्म सञ्चालन हुनेछ ।



















