
काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथिको प्रतिबन्ध हटाएको छ ।
फिफाले एन्फालाई ‘कन्ट्रोल फन्डिङ’को बन्देज लगाएको थियो । आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा एन्फामाथि ‘कन्ट्रोल फन्डिङ’को बन्देज लगाएको थियो ।
एन्फालाई दिँदै आएको आर्थिक सहयोग फिफाले आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिने गरेको थियो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देज हटाएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिबन्ध लगाएको ४ वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी)को बैठकले नेपालमाथि लगाइएको बन्देज हटाएको एन्फाले उल्लेख गरेको छ। योसँगै अब एन्फाले स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने एन्फाका महासचिव किरण राईले बताए ।
यस्तो छ एन्फाको विज्ञप्ति





















