
मन्त्रालयदेखि न्यायको सिंहासनसम्म
सुँघिरहेका छन् घुसको गन्ध,
अनि न्याय ?
कागजको भित्र कतै कुम्लिएको,
बोल्न नपाएको करुण चिच्याहट।
मन्त्रीदेखि मुद्दासम्म …
सत्ता दामी, न्याय नांगो ।
वर्षौंदेखि घरको छाना फेर्न नसकेका
काका खुइय…
सुस्केरा हाल्दै ,प्रश्न गर्छन् ?
कसले चोरेको छ न्यायको लुगा ?
कसले थमाएको छ घुसको सर्टिफिकेट ?
अनि आफैं उत्तर खोज्दै मनमा गम्छन्,
जनताको रगतले घुसको गिलास भर्छन्
भ्रष्ट टेबलमाथि नाच्छन,
न्यायका किताब धुलोमा,
र हाँसो पैसाको बोलीमा बेचिन्छ।
अनि हामी ?
न्यायको नाममा पनि भोट हाल्दै,
भोटको नाममा पनि घुँडा टेक्दै।


















