१५ वर्षीय बालककाे पेटमा कैंची

Share this
594shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण ४, आइतबार १४:००

विराटनगर । नाेबेल शिक्षण अस्पतालका चिकित्सकले १५ वर्षीय बालकको पेटबाट कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरी निकालेका हुन् ।

नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार  असार १७  गते भर्ना भएका बालकको ल्याप्रोसकोपी विधीबाट शल्यक्रिया गरी पेट भित्र अड्किएको कैंची निकालिएको हो । शल्यक्रिया पछि सामान्य अवस्थामा आएका बालक घर फर्किएको उनले बताए ।

घरमा टिभी हेर्ने क्रममा कैची अड्किएपछि आफन्तले स्थानीय अस्पताल हुँदै नोबेलमा भर्ना गरेका थिए । गम्भीर अवस्थामा भर्ना भएका उनको ल्याप्रोस्कोपिक सर्जन डा अमित भट्टराई र डाक्टर दिनेश अधिकारीको टिमले शल्यक्रिया गरी कैची निकालेको हो ।  ढल्किएर टिभी हेर्दै मुखमा कैंची खेलाइ रहेको अवस्थामा अचानक घाँटी भित्र छिरेको थियो । बालकले कैंची अड्कियो भन्दै कराएपछि आफन्तले निकाल्न खोज्दा कैंची अझ भित्र पसेको थियो । नोबेल आइपुग्दा  पेटमा कैंची पुगिसकेको थियो ।

तपाइको प्रतिक्रिया
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी दर्ता 
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
वरिष्ठता मिचेर सर्वोच्चमा न्यायाधीश सिफारिस, वरिष्ठतम न्यायाधीशसहित दुई सदस्यको फरक मत
 टोकियोमा लेखक अर्याल सम्मानित
टोकियोमा लेखक अर्याल सम्मानित
चाडपर्वमा सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन
दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत
कांग्रेस सभापतिमा गगनको उम्मेदवारी
नागरिक सुरक्षामा प्रहरी सेवा थप प्रभावकारी बनाउने डीआईजी खनालको प्रतिबद्धता
एमालेमा सार्वजनिक असहमति रोक्ने ओलीको कडा सन्देश, नेतृत्व हस्तान्तरणमा भने ‘हतार नगर्न’ जोड
सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, बागचन्दको लामो प्रतीक्षाको अन्त्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×