‘सिलाइ धिमाल’

Share this
615shares
मुलुकी खबर
अस्मिता विष्ट
clock२०८२ साउन २४, शनिबार १३:०२

भुइँकटहरका प्रत्येक आँख्लामा
फैलिदै गरेकी सिलाइ धिमाललाई

देख्न सक्छौं हामी तराईका फाँटहरुमा — उनका मसिना तर, महत्त्वपूर्ण सपनाहरूमा ।

मध्य जेठको घाममा
—अविच्छिन्न चलाइरहन्छे ऊ आफ्ना फुर्तिला हातहरु

—लुछिरहन्छे उसको दुखझैँ बेस्सरी बाक्लिएका भुइँकटहरका पातहरु

—छ्याप्छ्यापी छप्काउँछे जब देख्छे पातहरुमा प्रतिविम्बित मालिकका औँलाहरु

जो आजभोलि हरेक साँझ सल्बलाउँछन् उसको कलिली छोरीको पिँडुलामा, गर्धनमा, अनि फक्रिन बाँकी छातीमा

दऱ्होगरी पक्रन्छे बाँया हातले
रिस, आतेस, र आवेगमा भकभकी उम्लिएको छाती ।

दायाँ हातले
लुछ्तै मिल्काउँछे
भुइँकटहर वरपर उम्रिएका झार ।

झार जस्तै मिल्काउँदैछे ऊ—
मालिकको मुहारमा झाङ्गिदै आएको वासना, उत्पीडनमा मौलाएको सलह ।

अनि फेरि—
आफ्नो निधारको मुहानबाट फुटेको पसिनाको भललाई
बग्न दिन्छे
गाला हुँदै चिउँडो अनि घाटिसम्मै

खस्न दिन्छे तपतप
ऊ उभिराखेको जमिनमा
र आनन्द मान्दै हेर्छे धुलोमा खसेका उसको मिहिनेतको मैझारो ।

गर्नु छैन उसलाई
श्रमको कुनै विज्ञापन
बरु फलाउनु छ भुइँकटहरको बोटमा केहीथान बास्नादार सपना
टिप्नु छ भुइँकटहरको बोटमा
छोरीको लहलाउँदो भविष्य ।

गोड्न धारिलो पारिएको हँसिया हातमा लिएर
हँसियाभन्दा धारिलो अठोट बोकेर यही सानो आयतनमा
गोडिरहन्छे आत्मविश्वासको कोठेबारी ।

भुइँकटहरजस्तै गुलियो विश्वासको फल
अघाउन्जेल खाने रहर बोकेर तेजतेजले पन्छाउँछे
बाटोमा थुप्रिएका सिमाली र सिस्नुघारी ।

उसको निम्ति—
सपना, रहर र भविष्यको समागम बनेको छ यो समय
र, यो भुइँकटहरबारी
जस्मा फल्नेछन्

— छोरीको स्कुल फी

— छोराको क्रिकेट ब्याट

— लोग्नेले लोकल रक्सीसँग खाने अलिकता सितन

र, उसका निम्ति एकजोर स्यान्डिल ।

प्रत्येक रात—
फर्किएपछि भुइँकटहर बारीबाट
ऊ निदाउँछे पसिनाको गन्ध शरीरमै लिएर
र, देख्छे सपना—
सबै अतिरिक्त आवश्यकताहरु पूरा हुँदै गएको ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.