कामका कारण लाग्ने रोगलाई कानुनी मान्यता

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण २७, मंगलबार १६:२५

काठमाडौं । कार्यस्थलमा हुने जोखिमका कारण लाग्ने रोगहरूले ‘व्यवसायजन्य रोग’का रूपमा कानुनी मान्यता पाएका छन् ।

सरकारले पहिलोपटक यस्तो रोगहरूको विस्तृत सूची राजपत्रमा प्रकाशित गर्दै श्रम नियमावली, २०७५ अन्तर्गत लागू गरेको हो । यससँगै कार्यस्थलमा हुने धुलो, रसायन, विकिरण, जैविक संक्रमण, अत्यधिक तापक्रम वा कामको प्रकृतिका कारण श्रमिकमा देखिने स्वास्थ्य समस्या अब कानुनी दायरामा पर्नेछ । अब यो व्यक्तिगत समस्याका रूपमा रहने छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको यो निर्णय श्रमिकको स्वास्थ्य अधिकार सुरक्षित गर्न र रोजगारदातालाई कार्यस्थल सुरक्षित बनाउन बाध्य पार्ने महत्त्वपूर्ण कदम मानिएको छ । यसले लाखौं श्रमिकलाई प्रत्यक्ष फाइदा पुर्याउने अपेक्षा गरिएको छ ।

सरकारले सूचीबद्ध गरेका व्यवसायजन्य रोगहरू आठ श्रेणीमा वर्गीकृत छन् । रासायनिक कारणले हुने रोगहरूमा क्रोमियम, सिसा, पारा, बेन्जिन, सल्फर अक्साइड, जिंक, क्लोरीन, अर्गानिक सोल्भेन्ट्स लगायतका घातक पदार्थबाट हुने असर समावेश छन् ।

भौतिक कारणमा श्रवण शक्ति ह्रास, विकिरणको असर, अत्यधिक तापक्रममा काम गर्दा हुने समस्या छन् । जैविक कारणमा हेपाटाइटिस बी र सी, एचआईभी, ब्रुसेलोसिस, एन्थ्रेक्स, टिटानस, क्षयरोग र लेप्टोस्पाइरोसिस जस्ता संक्रमण पर्छन् ।

श्वासप्रश्वास प्रणालीका रोगमा निमोकोनियोसिस, साइडरोसिस, ब्यागासोसिस र दीर्घकालीन अवरोधक पल्मोनरी रोग छन् । छालासम्बन्धी रोगमा एलर्जी र डर्माटाइटिस, हाडजोर्नीका रोगमा कार्पल टनेल सिन्ड्रोम, टेनोसिनोभाइटिस, बर्साइटिस र मेनिस्कस लिजन्स पर्छन् ।

मानसिक तथा व्यवहारिक रोगमा आघातपछिको तनाव सूचीकृत छ । त्यस्तै, व्यवसायजन्य क्यान्सरमा एस्बेस्टोस, कोइला टार, पिच, बिटुमेन, आर्सेनिक, क्याडमियम, काठको धुलो, खनिज तेल, आयोनिक विकिरण तथा हेपाटाइटिस बी–सी भाइरसको लामो सम्पर्कलाई उच्च जोखिमका रूपमा मानिएको छ ।

श्रम ऐन, २०७४ को परिच्छेद १२ अनुसार कुनै श्रमिकलाई यस्तो रोग लागेमा सम्बन्धित प्रतिष्ठानले तोकिए अनुसारको उपचार खर्च बेहोर्नुपर्ने छ । रोगको उपचार असम्भव भएमा तोकिएको क्षतिपूर्ति रकम पीडितलाई दिनुपर्ने कानुनी व्यवस्था छ ।

विशेषज्ञहरूले यो कदमलाई नेपालमा श्रमिक सुरक्षा र स्वास्थ्य अधिकारको क्षेत्रमा भएको ऐतिहासिक प्रगति भनेका छन् । यसले कार्यस्थलमा रोग रोकथाम र उपचार दुवै पक्षमा स्पष्टता ल्याउने, श्रमिकलाई सुरक्षाको ग्यारेन्टी दिने र रोजगारदातालाई कानुनी रूपमा जिम्मेवार बनाउने विश्वास गरिएको छ ।

यस्तो छ रोगहरुको सूची

तपाइको प्रतिक्रिया
झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी
इटहरी अख्तियारमा पुगेर अनुसन्धानको फाइल देखाउन सांसदको दबाब
सुनचाँदीको मूल्य फेरी बढ्यो 
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
खामेनीको हत्यालाई लिएर इरानको कडा चेतावनी, ‘जिम्मेवार पक्षसँग बदला लिएरै छाड्छौं’
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला
बजेटकै कारण कोशी सरकार अप्ठ्यारोमा, संशोधनको बाटो खोज्दै सत्ता गठबन्धन
थमन विक हत्या प्रकरणको फैसला उल्टियो, एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद
पथरीशनिश्चरेबाट १९६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.