फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १८, बिहीबार ०९:१८
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ (प्रि क्वाटरफाइनल) मा प्रवेश गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न (राउन्ड अफ ३२) को रोमाञ्चक खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० गोल अन्तरले पराजित गर्दै अमेरिकाले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

खेलको सुरुवाती समयदेखि नै आक्रामक देखिएको अमेरिकाका लागि ४५ औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको अमेरिका दोस्रो हाफमा भने केही दबाबमा देखिएको थियो ।

खेलको ६४ औँ मिनेटमा टोलीका गोलकर्ता बालोगुनले रातो कार्ड पाएपछि अमेरिका १० खेलाडीमा सीमित भएको थियो। भिएआर चेकका क्रममा बालोगुनले गम्भीर फाउल गरेको देखिएपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

एक खेलाडी कम भए पनि सन्तुलित खेल पस्किएको अमेरिकाका लागि ८२ औँ मिनेटमा मलिक टिलम्यानले दोस्रो गोल गरे । टिलम्यानको गोलसँगै अमेरिकाले २–० को सहज जित सुनिश्चित गर्‍यो ।

अब क्वाटरफाइनल प्रवेशका लागि अमेरिकाले बलियो प्रतिद्वन्द्वी बेल्जियमको सामना गर्नेछ । जितसँगै घरेलु दर्शकमाझ उत्साह छाएको छ भने १० खेलाडीमा समेटिएर पनि निकालेको यो जितलाई अमेरिकाको बलियो मनोबलका रूपमा हेरिएको छ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×