स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्यो आईभीएफ मापदण्ड

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र १, आइतबार १४:५४

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा निःसन्तान उपचार सेवा (आईभीएफ)लाई पहिलोपटक व्यवस्थित र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विशेषज्ञहरूसँगको छलफलपछि मन्त्रीस्तरीय निर्णयमार्फत यो मापदण्ड अनुमोदन गरेका हुन् । मापदण्ड अनुसार शुक्रकीट वा अण्डा दान गर्ने दाताको उमेर २०–३५ वर्षको बीचमा हुनुपर्ने, दातामा कुनै पनि सरुवा रोग नहुने प्रमाणित हुनुपर्ने र विवाहित दम्पतीको अवस्थामा दुवैको लिखित सहमति अनिवार्य गरिएको छ ।

दाताको परिचय पूर्ण रूपमा गोप्य राखिने, एउटै व्यक्तिले निश्चित पटकभन्दा बढी दान नगर्ने र कुनै प्रकारको प्रलोभन वा दबाबमा दान नहुने प्रावधान पनि समावेश गरिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माका अनुसार यस मापदण्डले निःसन्तान उपचार केन्द्रहरूको प्रभावकारी नियमन, सेवा एकरूपता, न्यूनतम पूर्वाधार र जनशक्ति स्तर निर्धारण, पारदर्शी शुल्क संरचना तथा दातासँगै सेवाग्राहीको अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

मापदण्डअनुसार आईयूआई र आईभीएफ जस्ता सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट अनुमति अनिवार्य हुनेछ । प्रत्येक अनुमति प्राप्त केन्द्रमा निःसन्तान रोग विशेषज्ञ, तालिम प्राप्त इम्ब्रायोलोजिष्ट र एनेस्थेसियोलोजिष्ट जस्ता दक्ष जनशक्ति अनिवार्य हुनेछन् ।

पूर्वाधारमा राष्ट्रिय भवन संहिता अनुसार भवन, विशेष एन्ड्रोलोजी तथा इम्ब्रायोलोजी प्रयोगशाला, शल्यक्रिया कक्ष र आकस्मिक सघन उपचार कक्षको व्यवस्था हुनुपर्नेछ । सेवा शुल्क मन्त्रालयले तोकेको मात्र लिन पाइनेछ र प्रत्येक संस्थाले १० प्रतिशत सेवा गरिब तथा विपन्न वर्गलाई निःशुल्क उपलब्ध गराउनुपर्नेछ।

मापदण्ड पालना नगर्ने संस्थाको अनुमति खारेज गर्ने अधिकार मन्त्रालयको समितिलाई हुनेछ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बढ्दो निःसन्तान समस्याबीच गुणस्तरीय, सुरक्षित र विश्वसनीय सेवा सुनिश्चित गर्न यो मापदण्ड महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
कांग्रेसको विधान संशोधन प्रस्ताव : वरिष्ठ उपसभापतिसहित २४ पदाधिकारी, २३२ सदस्यीय केन्द्रीय समिति
कांग्रेसको आगामी कार्यदिशामा गगनको दस्तावेज अनुमोदन
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
कोशीका विभिन्न जिल्लाबाट १४ जना पक्राउ, लागुऔषध बरामद
तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ, १ लाख ८ हजार नगद बरामद
 
मोरङ र सुनसरीबाट चार जना पक्राउ
ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु
हाजीको सेयर विवाद : पूर्वसञ्चालकहरुको हातमा ‘ग्यारेन्टी चेक’, दोब्बर असुल्न व्यापक चलखेल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×