न्युरो हस्पिटलको रजत जयन्ती मनाउँदै  

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र ४, बुधबार १७:०९
न्युरो हस्पिटलको रजत जयन्ती मनाउँदै  

विराटनगर ।  विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलले रजत जयन्तीको अवसरमा आयोजना गरेको खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सप्ताहव्यापी रजत जयन्ती मनाउने क्रममा बुधबार झिः पुचको भवनमा भएको रक्तदान कार्यक्रममा एकै दिन २ सय ५० जनाले रक्तदान गरेका छन् । मोरङमा एकै दिन रगत संकलन भएको अहिलेसम्मकै सबैभन्दा बढी हो ।

नेपाल रेडक्रस सोसाइटी मोरङले यसलाई एक ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गरेको छ । सोसाइटीका मोरङ सभापति शुकदेव मण्डलले जिल्लामा अहिलेसम्म एकै कार्यक्रम एक दिनमा यति धेरै परिमाणमा रगत संकलन भएको थिएन ।

‘न्युरो हस्पिटलको यो प्रयास प्रशंसनीय छ । एकै दिन २५० पिन्ट रगत संकलन हुनुले रगतको बढ्दो मागलाई सम्बोधन गर्न ठुलो सहयोग पुग्ने, उनले बताए ।

कार्यक्रममा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै हस्पिटलका संस्थापक एवम् वरिष्ठ कन्सल्टेन्ट न्युरोलोजिस्ट डा. वीरेन्द्रकुमार विष्टले रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । उनले स्वास्थ्य सेवा मात्र होइन, सामाजिक सेवालाई पनि सधैँ प्राथमिकतामा राखेको बताउँदै, रजत जयन्तीको यो अवसरमा गरिएको रक्तदान जीवनदानको महाअभियान हो ।

त्यसैगरी, हस्पिटलका प्याथोलोजिस्ट डा. सागरराज पाण्डेले रक्तदानको प्राविधिक तथा स्वास्थ्य महत्वबारे प्रकाश पारेका थिए ।

उनले शरीरमा रगतको मात्रा सन्तुलित हुनुपर्ने र रक्तदानले रक्तदाताको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने जानकारी दिए । नियमित रक्तदान गर्नाले शरीरमा नयाँ रक्तकोषिका बन्न मद्दत पुग्छ र मुटुसम्बन्धी रोगको जोखिम पनि कम हुने डा. पाण्डेले स्पष्ट पारे ।

हस्पिटलले रजत जयन्तीको अवसरमा साताव्यापी कार्यक्रमहरू आयोजना गरेको छ । हस्पिटलका अपरेसनल डाइरेक्टर राजेश भट्टराईका अनुसार यसअघि सोमबार विराटनगरस्थित मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण गरिएको थियो ।

बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएसँगै साँझ सञ्चारकर्मी र हस्पिटलबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ ।

त्यस्तै, बिहीबार पत्रकार सम्मेलन र पूजापाठको कार्यक्रम तय भएको छ । सप्ताहव्यापी कार्यक्रमको मुख्य समारोह भने भदौ ७ गते वीरेन्द्र सभागृहमा आयोजना हुनेछ ।

जसलाई स्वास्थ्यमन्त्रीले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछन् । कार्यक्रमको समापन भदौ ८ गते नगर परिक्रमा गरेर गरिने भट्टराईले जानकारी दिए ।

२५ वर्षको यात्रामा स्वास्थ्य सेवामा समर्पित न्युरो हस्पिटलले आयोजना गरेको यो कार्यक्रमले सामाजिक क्षेत्रमा समेत उदाहरणीय काम गरेको छ ।

तपाइको प्रतिक्रिया
इनरुवामा बरामद गाँजा २,५६६ किलो
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×