सर्वोच्चले भन्यो, ‘सौतेनी आमाको सम्पत्तिमा सौतेनी छोराको बराबरी हक’

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र ५, बिहीबार १४:५०

काठमाडौं । सर्वोच्च अदालतले अंशबन्डा सम्बन्धी विवादमा ऐतिहासिक व्याख्या गरेको छ । सौतेनी आमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्तिमा सौतेनी छोराको पनि आफ्नै छोराझैँ बराबरी हक रहने ठहर सर्वोच्चले गरेको हो ।

नेपालमा सौतेनी परिवारका सदस्यबीच लामो समयदेखि चल्दै आएको सम्पत्ति विवादलाई समाधान गर्ने महत्वपूर्ण नजिरका रूपमा सर्वोच्चको यो फैसला आएको छ । आएको छ । शशि पराजुली उप्रेतीविरुद्ध राहुल पराजुली र तुलसा बस्नेत पराजुलीबीचको अंशबन्डा मुद्दामा न्यायाधीशहरु डा. नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालसमेतको पूर्ण इजलासले उक्त व्याख्या गरेको हो ।

यसअघि जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट पनि राहुल पराजुलीले सौतेनी आमाको सम्पत्तिमा हक पाउने फैसला भएको थियो । जसलाई सर्वोच्चले सदर गर्दै थप स्पष्ट व्याख्या गरेको हो ।

तुलसा बस्नेत पराजुली र छोरा राहुल पराजुलीले अंशबन्डाको माग गर्दै पति नवराज पराजुली र उनकी दोस्रो पत्नी शशि पराजुली उप्रेतीलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । जिल्ला अदालतले सुरुवातीमा केही सम्पत्तिलाई शशि पराजुलीको निजी आर्जन भन्दै तुलसा बस्नेतलाई बाँडफाँट नहुने ठहर गरेको थियो ।

तर, बाबुआमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीको लागि पैतृक मानिने कानुनी व्यवस्था उद्धृत गर्दै उच्च अदालतले पुनः राहुल पराजुलीलाई अंशबन्डा पाउने ठहर गरेको थियो । सर्वोच्चसम्म अदालतले पनि सौतेनी छोरालाई हक लाग्ने व्यवस्था सुनिश्चित गरेको हो ।

सर्वोच्चले भनेको छ, ‘अंशबन्डा सम्बन्धी कानुनमा प्रयोग गरिएको ‘आमा’ शब्दले सौतेनी आमा पनि बुझिन्छ र ‘छोरा’ शब्दले सौतेनी छोरासमेत बुझिन्छ ।’ यस व्याख्याले अब सौतेनी आमा र आफ्नै आमा बीचबाट आर्जन भएको सम्पत्तिमा छोराछोरीबीच कुनै भिन्नता नरहने स्पष्ट गरेको हो ।

अदालतले नजिरका रूपमा शारदादेवी खतिवडाविरुद्ध सावित्रीदेवी खतिवडाको अंशबन्डा मुद्दाको फैसला पनि उद्धृत गर्दै आमा वा बाबुले प्राप्त गरेको सम्पत्ति छोराछोरी सबैका लागि पैतृक सरह हुने प्रष्ट पारेको छ । यस मुद्दामा नवराज पराजुलीले राहुल पराजुली आफ्नो छोरा नभएको दाबी गर्दै नाता प्रमाणित गर्न डीएनए परीक्षण हुनुपर्ने माग गरेका थिए ।

तर, सर्वोच्चले डीएनए परीक्षण नै नाता प्रमाणित गर्ने एक मात्र वा अन्तिम उपाय नभएको स्पष्ट पारेको छ । ‘नाता कायम भन्नासाथ डीएनए परीक्षण नै अनिवार्य हुन्छ भन्ने होइन,’ फैसलामा भनिएको छ, ‘अन्य प्रमाण, परिस्थितिजन्य तथ्य वा दस्तावेजले पनि नाता पुष्टि गर्न सक्छन् । मिसिल संलग्न प्रमाणबाट नाता पुष्टि गर्न सकिने अवस्थामा डीएनए परीक्षण आवश्यक पर्दैन ।’

यस व्याख्याले भविष्यमा नातासम्बन्धी मुद्दाहरूमा प्रमाणको विविधताले मान्यता पाउने सुनिश्चित भएको छ । साथै, ऋणको विवादमा पनि सर्वोच्चले प्रस्ट आदेश दिएको छ । शशि पराजुलीले आफ्नो नाममा दर्ता भएको जग्गा धितो राखेर सहकारी संस्थाबाट ६० लाख रुपैयाँ ऋण लिएको देखाइएको थियो ।

सो ऋण पारिवारिक हितमा प्रयोग भएको नदेखिएको र मानो छुट्टाएर बसेकाहरूले ऋण उपयोग नगरेको प्रमाणित भएकाले तुलसा बस्नेत र राहुल पराजुलीले उक्त ऋण व्यहोर्नु नपर्ने सर्वोच्चको ठहर छ । ‘सगोल परिवारको हितमा प्रयोग गरिएको ऋण मात्र सबै अंशियारले व्यहोर्नुपर्ने हो,’ फैसलामा भनिएको छ, ‘व्यक्तिगत प्रयोजनमा लिएको ऋण अन्य अंशियारमा नपर्ने व्यवस्था स्पष्ट छ ।’

यस फैसलाको सामाजिक र कानुनी प्रभाव निकै गहिरो छ । नेपालमा सौतेनी परिवारहरूबीच सम्पत्ति विभाजनका क्रममा दशकौँदेखि विवाद चलिरहेको थियो ।

विशेष गरी सौतेनी आमा वा बाबुले आर्जन गरेको सम्पत्तिमा सौतेनी छोराछोरीको अधिकार के हुन्छ भन्नेमा अस्पष्टता थियो । तर, सर्वोच्चको व्याख्याले यसलाई पूर्ण रूपमा स्पष्ट बनाइदिएको छ । अब अंशबन्डा गर्दा आफ्नै आमा–बाबुबाट जन्मेका र सौतेनी आमा–बाबुबाट जन्मेकाबीच भिन्नता गर्ने कानुनी आधार रहने छैन ।

अदालतको व्याख्या अनुसार अब मुलुकी ऐनमा रहेको अंशबन्डाको मर्म समान पुस्ताका अंशियारबीच बराबरी हक हुनेतर्फ केन्द्रित हुन्छ । आमा वा बाबुले जेसुकै स्रोतबाट सम्पत्ति प्राप्त गरे पनि छोराछोरीले बराबरी अंश पाउने व्यवस्था बलियो बनेको छ । सर्वोच्चको व्याख्याले सौतेनी परिवारमा पनि समान अधिकारको सुनिश्चितता गर्नेछ ।

सर्वोच्च अदालतको यो फैसला नजिरका रूपमा आगामी दिनमा अंशबन्डा र पारिवारिक सम्पत्ति सम्बन्धी मुद्दामा मार्गदर्शक हुनेछ । सौतेनी आमा वा बाबुबाट आर्जन भएको सम्पत्तिमा छोराछोरीबीच भेदभाव नगरिने व्यवस्था सुनिश्चित भएपछि सम्पत्ति विवादका धेरै जटिल मुद्दाहरूको समाधान सजिलो हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×