
उन्मुक्त जिन्दगी झैँ साकार छैन अर्को
मनको उडानजस्तो रफ्तार छैन अर्को
भुल्दै छु दर्द सारा तिम्रा मिठा कुराले
तिम्रो सुझावभन्दा आभार छैन अर्को
तिम्रो नजर नपर्दा मन हुन्छ दिक्क हेर
डेरा छ भित्र दिलमा घरबार छैन अर्को
जोहो बिना गुजारा चल्दैन भन्छ साथी
खल्ती सिवाय मेरो भण्डार छैन अर्को
गर्छौ कुरा हमेसा अनुदानका अनेकौं
मिठो वचन बराबर उपहार छैन अर्को



















