
यौवन बेच्छौँ धनमा
लोभ छ पापी मनमा
व्यर्थ सबै वैभव यो
अर्थ बुझौं जीवनको ।
जान्छ नबुझ्दा पहिरो
सागर भन्दा गहिरो
राक्षसको चाल गरी
मानव बन्छौँ कसरी ?
देह डुबाई घिउमा
चाबुक हान्दा जिउमा
खन्जर रोप्लान् शिरमा
जीवन पुग्ला भिरमा ।
दर्पण जस्तो भवको
सज्जन बन्दै जगको
राग हटाऊ मदको
द्वार खुलाऊ सुखको ।
उल्लु बन्छौँ दिनको
नाटक गर्छौं छिनको
जीवन ठानेँ हटिया
सायद बुझ्छौँ दुनियाँ ।



















