
विराटनगर । अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीले पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसँगको गोल रेकर्ड बराबरी गरेका छन् ।
फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ को छनोटअन्तर्गत भेनेजुएलाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेका उनले रोनाल्डोको विश्वकप छनोटमा गरेको गोल रेकर्ड बराबरी गरेका हुन् ।
मेस्सीले क्रिस्टियानो रोनाल्डोको ३६ गोलको कीर्तिमान बराबरी गरेका हुन् ।
अर्जेन्टिनाले ३–० को जित निकालेको खेलमा मेस्सीले दुई गोल गरेका थिए । मेस्सीले ३९औँ र ८०औँ मिनेटमा गोल गरेका थिए । लाउटारो मार्टिनेजले ७६औँ मिनेटमा गोल गरेका थिए ।



















