जोगवनीको अवस्था सामान्य, आवतजावत सुचारु

Share this
640shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १०, शुक्रबार १७:५३

विराटनगर । भारतको जोगवनी बजारमा सुरु भएको तनाव केही मत्थर भएको छ । तनाव मत्थर भएसँगै त्यहाँको अवस्था सामान्य बनेको छ ।

हिन्दु र मुस्लिम समुदायबीच विवाद बढेर झडप भएपछि शुक्रबार बिहान ११ बजेबाट जोगवनी तनावग्रस्त बनेको थियो । जोगवनीमा तनाव बढेपछि विराटनगरको रानीस्थित नेपाल–भारत सीमा नाका बन्द गरिएको थियो ।

नेपालतर्फ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर नेपालीलाई भारत प्रवेशमा रोक लगाइएको थियो । तर, अपरान्हबाट अवस्था सामान्य भएसँगै आवतजावत सुचारु भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनका अनुसार जोगवनीको अवस्था सामान्य भएको जानकारी आएसँगै नाका सुचारु गरिएको हो । अवस्था बिग्रियो भने नाकाबाट आवतजावतमा पुनः रोक लगाइने यादवको भनाइ छ ।

भारतको जोगवनी तनावग्रस्त, नेपालीलाई प्रवेशमा रोक

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.