तीन दिन कृषि बालीमा ध्यान दिन विभागको आग्रह

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १६, बिहीबार १६:१५

विराटनगर । जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गरेकाे छ ।

आगामी ३ दिन भारी/अति भारी वर्षाकाे सम्भावना रहेकाले सतर्कता अपनाउन बुलेटिन जारी गरेकाे हाे ।

केन्द्र र विभागले तरकारीबाली, फलफूल बगैँचा तथा पाँक्न लागेका धानखेतमा पानी निकासको उचित व्यवस्था गर्न, विषादी छर्कने कार्य रोक्न र खोलाछेउका संरचनाहरू बाढीको जोखिममा पर्नसक्ने हुनाले सम्भव भएसम्म सुरक्षित स्थानमा व्यवस्थापन गर्न आग्रह गरेको छ ।

कृषि मौसमविद् रामेश्वर रिमालले यस समयमा किसानले विशेष ध्यान दिनसके बालीनाली जोगाउन सकिने र त्यसका लागि हालै जारी बुलेटिनलाई ध्यान दिन अनुरोध गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.