नेपाल दुई खेलअघि नै टी–२० विश्वकपमा छनोट

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन २९, बुधबार १९:३३

विराटनगर । नेपाली क्रिकेट टोली टी २० विश्वकपमा छनोट भएको छ । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरमा दुई खेलअघि नै नेपाल विश्वकपमा छनोट भएको हो । घरेलु टीम पनि विश्वकपमा छनोट भएको छ । थप एक टीमको टुंगो लाग्न बाँकी छ ।

यूएईले सामोआलाई हराएपछि नेपाल र ओमानको विश्वकप यात्रा तय भएको हो ।

प्रतियोगितामा अपराजित रहेका दुवै टीमको दुई खेल बाँकी छ ।

नेपाल र ओमानले अहिलेसम्म सुपर सिक्समा ६ अंक बटुलेका छन् । रनरेटका आधारमा ओमान शीर्षस्थानमा छ । आज अहिले हुने खेलमा नेपालले ओमानलाई हराएको खण्डमा शीर्षस्थानमा उक्लिन सक्नेछ । नेपालले अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने छ ।

२०२६ मा हुने टी २० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन् । सन् २०१४ मा पहिलोपटक टी २० विश्वकप खेलेको नेपालले दोस्रो पटक खेल्न १० वर्ष पर्खिनुपर्यो । समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक नेपाल विश्वकपमा छनोट भएको हो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×