विराटनगरकाे न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २०, शनिबार १३:४३

विराटनगर । आफ्नो स्थापनाको रजत जयन्ती (२५ औँ वर्ष) मनाइरहेको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले भारतको प्रतिष्ठित अमृता हस्पिटलसँग सहकार्य सुरु गरेको छ। सेवालाई थप गुणस्तरीय बनाउनका लागि भारतको हरियाणा (दिल्ली एनसीआर) स्थित अमृता हस्पिटलसँग सहकार्य गरेको हो ।

सेवा विस्तार गर्ने क्रममा दुई अस्पतालबीचकाे सहकार्यले कोशी र मधेश प्रदेशका नागरिकले जटिल प्रकारका उपचारमा सहज पहुँच पाउने दाबी गरिएकाे छ ।

न्युरो अस्पतालले ‘न्यूरोलोजी’ (टाउको तथा नशा) र ‘पल्मोनोलोजी’ (फोक्सो तथा दम) विषयमा ‘कन्टिन्युइङ मेडिकल एजुकेशन’ कार्यक्रम शुक्रबार गरेकाे थियाे । उक्त कार्यक्रममा अमृता हस्पिटलका वरिष्ठ न्यूरोलोजिष्ट प्राडा सञ्जय पाण्डे र वरिष्ठ विशेषज्ञ डा. सौरभ पाहुजाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा कोशी र मधेश प्रदेशका ६० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूको सहभागिता थियो ।

शनिबार अस्पतालले निःशुल्क ओपिडी क्याम्प  सञ्चालन गरेको छ । शिविरमा अमृता हस्पिटलका डा. पाण्डे र डा. पाहुजासहित न्युरो अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्ट र डा. सुनन्द पौडेल लगायतको टोलीले बिरामीलाई सेवा प्रदान गरेका छन् ।

न्युरो अस्पतालका अनुसार यो सहकार्यले खासगरी क्यान्सरको उपचार, अंग प्रत्यारोपण तथा रोबोटिक सर्जरी जस्ता जटिल उपचारका लागि नेपाली बिरामीलाई राहत मिल्नेछ । दुई अस्पतालबीचकाे सहकार्यले कोशी र मधेश प्रदेशका बिरामीलाई राहत मिल्ने न्यूराे अस्पतालका राजेश भट्टराईले जानकारी दिए । उनका अनुसार दुई अस्पतालबीचकाे सहकार्यमा न्यूराे अस्पतालले आफ्नाे सेवालाई थप विस्तार गर्नेछ ।

अमृता हस्पिटल प्रसिद्ध आध्यात्मिक नेतृ माता अमृतानन्दमायी (अम्मा)द्वारा स्थापित मुनाफा वितरण नगर्ने अस्पताल हाे । २६०० शैय्या क्षमता भएको यो अस्पताल भारतकै सबैभन्दा ठूलो गैर-सरकारी अस्पताल हाे ।

तपाइको प्रतिक्रिया
इनरुवामा बरामद गाँजा २,५६६ किलो
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×