सिड्नीको बन्डी बिचमा १५ जनाकाे हत्या, बाबुछाेराले चलाएका थिए गाेली

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २९, सोमबार ०६:३५

विराटनगर । अष्ट्रेलियाकाे सिड्नीको बन्डी बिचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाकाे मृत्यु भएकाे छ । मृतकहरूको उमेर १० वर्षदेखि ८७ वर्षसम्म रहेको न्यू साउथ वेल्स प्रहरीलाई उद्दत गर्दै बीबीसीले जनाएकाे छ ।

हनुका पर्वको सुरुवातको उपलक्ष्यमा एक कार्यक्रम चलिरहेको बेला यो आक्रमण भएको थियो । प्रहरीले घटनालाई आतङ्कवादी हमलाको रूपमा लिएर अनुसन्धान गरिरहेको छ ।

Advertisement

आक्रमणमा संलग्न दुई बन्दुकधारी पक्राउ परेका छन् । प्रहरीका अनुसार ५० वर्षीय बाबु र उनका २४ वर्षीय छोरा  पक्राउ परेका हुन् । प्रहरीको गोली लागेर वृद्ध बन्दुकधारीको घटनास्थलमै मृत्यु भएको छ । २४ वर्षीय छोराको उपचार भइरहेकाे छ ।

घटनामा ४२ जना घाइते भएका छन्, जसमध्ये घटनास्थलमा पुगेका केही प्रहरी अधिकारीहरू पनि छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको छ।

प्रहरीका अनुसार ५० वर्षीय बन्दुकधारीसँग वैध हतियार इजाजतपत्र थियो र उनका नाममा छवटा हतियार दर्ता थिए । आक्रमणस्थल बन्डी बिचमा छवटा हतियार फेला परेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले यस आक्रमणलाई ‘दुष्टताको कार्य’ र ‘सचेतरुपमा यहुदी समुदायलाई लक्षित गरिएको’ बताएका छन् ।

तपाइको प्रतिक्रिया
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेले जारी गर्‍यो ह्विप
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
सुनको मूल्यमा भारी वृद्धि 
सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढ्यो
अस्पतालको एनआईसीयूमा आगलागी, तीन नवजात शिशुको मृत्यु
अधुरै छ ‘भेडेटार–रवि–राँके’ सडक
‘हिन्दूविरोधी’ देखाउन पुराना अभिव्यक्ति प्रचार गरिएको बाबुराम भट्टराई सचिवालयको आरोप
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा पनि दबाब
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
गण्डकी प्रदेशको भ्रमण सकेर काठमाडौं फर्किँदै, प्रधानमन्त्री शाह
बागमतीका मुख्यमन्त्री थापामगरले विश्वासको मत लिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×