सर्वोच्च अदालतमा जलेका १० हजार बढी मुद्दाको मिसिल पुनः तयार

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार १२:४४

काठमाडौँ । सर्वोच्च अदालतले गत भदौमा भएको आगजनीका क्रममा जलेर नष्ट भएका मुद्दाहरूको मिसिल पुनः तयार गर्ने कार्यलाई तीव्रता दिएको छ। सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये आगलागीमा परेर करिब २० हजार मिसिल नष्ट भएका थिए।

सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालय र सम्बन्धित पक्षहरूबाट प्राप्त कागजातका आधारमा १० हजार ३४० मुद्दाका मिसिल तयार पारिएको छ। गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगलागीबाट चार हजार थान मिसिल मात्र जोगिएका थिए।

अदालतले जलेका मिसिलहरूको प्रतिलिपि उपलब्ध गराउन महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन र मुद्दाका सम्बन्धित पक्षहरूलाई आग्रह गरेको थियो। सोही आग्रह बमोजिम कागजात सङ्कलन भइरहेको र बाँकी मिसिलहरू पनि तयार पार्ने काम जारी रहेको अदालतले जनाएको छ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.