नागरिकता नियमावलीमा चौथो संशोधन: बाबुको पहिचान नभएकालाई नागरिकता लिन सहज

Share this
637shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार १३:३५

काठमाडौँ । सरकारले ‘नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२’ जारी गर्दै नागरिकता प्राप्ति र नाबालक परिचयपत्र वितरणको प्रक्रियामा महत्त्वपूर्ण परिवर्तन गरेको छ। गृह मन्त्रालयले पुस २१ गते सोमबार राजपत्रमा सूचना प्रकाशित गरेसँगै यो संशोधित नियमावली तत्काल लागू भएको छ।

नयाँ व्यवस्थाले विशेष गरी बाबुको पहिचान हुन नसकेका व्यक्ति, अनाथ बालबालिका र नाबालक परिचयपत्र लिने प्रक्रियालाई थप सहज र व्यवस्थित बनाएको छ। बाबुको पहिचान हुन नसकेको व्यक्तिले अब नागरिकता टोली वा प्रमुख जिल्ला अधिकारीसमक्ष स्वघोषणा गरेर नागरिकता लिन सक्नेछन्। यदि निवेदन दिने समयमा आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नभएको अवस्था भएमा चिकित्सकको सिफारिससहित निवेदकले स्वघोषणा गरी नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

पितृत्व र मातृत्वको ठेगान नभएका व्यक्तिको नागरिकता जारी गर्दा अब बाबु र आमाको नाम उल्लेख गर्ने ठाउँ खाली राख्न सकिनेछ। व्यक्तिको गोपनीयता र आत्मसम्मानलाई ध्यानमा राख्दै कुनै व्यहोरा उल्लेख नगरी खाली राख्ने र संरक्षक भएमा संरक्षकको नाम मात्र खुलाउने प्रावधान राखिएको छ।

१६ वर्ष उमेर पूरा नभएका बालबालिकाका लागि दिइने ‘नाबालक परिचयपत्र’का लागि नयाँ अनुसूची र प्रक्रिया तय गरिएको छ। परिचयपत्र लिन जन्म दर्ता प्रमाणपत्र, बाबु वा आमाको नागरिकता र स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ। यो परिचयपत्र १६ वर्ष पुगेपछि स्वतः रद्द हुनेछ।

वैवाहिक अङ्गीकृत नागरिकता लिन चाहने विदेशी महिला वा बाबुको नागरिकताको आधारमा नागरिकता लिनेले आफूले विदेशी मुलुकको नागरिकता नलिएको भनी स्वघोषणा गर्नुपर्नेछ। साथै, नेपाली नागरिकता त्याग गरी पुनः नेपाली नागरिकता कायम गर्न चाहनेहरूका लागि पनि निवेदनको नयाँ ढाँचा निर्धारण गरिएको छ।

नागरिकता वितरण प्रक्रियालाई छिटो छरितो बनाउन प्रमुख जिल्ला अधिकारीले वंशज र अङ्गीकृत नागरिकता जारी गर्ने अधिकार आफ्ना मातहतका सहायक प्रमुख जिल्ला अधिकारी वा राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतलाई दिन सक्ने व्यवस्था गरिएको छ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.