विराटनगरको एग्रोभेट इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार १८:५४
 विराटनगरको एग्रोभेट इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

विराटनगर । भारतको जोगबनीमा जारी ‘अमन मिश्र मेमोरियल इन्डो–नेपाल’ क्रिकेट प्रतियोगितामा विराटनगरको एग्रोभेट क्रिकेट क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रशान्त क्रिकेट क्लब जोगबनीले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा विराटनगरले कैफ एकेडेमी सिवानलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

टस जितेर ब्याटिङ गरेको सिवानले निर्धारित २१ ओभरमा ९ विकेटको क्षतिमा १ सय ५६ रनको  योगफल तयार गरेको थियो । सौरभ यादवले ३५ रन र विशाल सिंहले ३१ रन बनाए । विराटनगरका फिर्दोस अन्सारीले ३ विकेट, श्रवण किस्कुले २ विकेट, आदिल अन्सारी र दीपेश कँडेलले समान १ विकेट लिए ।

१ सय ५७ रनको लक्ष्य पाएको विराटनगरले १२ ओभर १ बलमा २ विकेटको क्षतिमा विजयी भयो । तीर्थराज दासले ६५ रन, आदिल अन्सारीले ५५ रन र शाकिव अन्सारीले ३४ रन बनाए । सिवानका तारिक जम्ली र सतिश कुमारले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विराटनगरका आदिल अन्सारी भए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×