
विराटनगर । विराटनगरको एभरेस्ट सेकेन्डरी स्कुलमा जारी अन्तर हाउस फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताअन्तर्गत कक्षा ६ र ७ को समूहको खेलमा कोशीले मेची हाउसलाई ४–१ गोल गर्दै उपाधि जितेको छ । कक्षा ६ का रितिक यादवले १, कक्षा ७ का पल पोखरेल, हिमाल सागर आचार्य र सुमन पुरीले समान १–१ गोल गरे ।

त्यस्तै, कक्षा ८ र ९ को समूहको खेलमा गण्डकीले मेची हाउसलाई ३–० गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो । गण्डकीका लागि कक्षा ८ का आयुष चौधरीले २ र कक्षा ८ का सामर्थ्य पाठकले १ गोल गरे ।
यस्तै, छात्रातर्फको कोशीले मेची हाउसलाई ३–० गोल अन्तरमा हराउँदै उपाधि जितेको हो । कोशीका लागि कक्षा ९ की आश्ना सेढाईंले २ गोल र कक्षा ७ की दिव्यांशी कटुवालले १ गोल गरिन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कक्षा ७ का सुमन पुरी, कक्षा ८ का आयुष चौधरी र कक्षा ९ की आश्ना सेढाईं भए । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई विद्यालयका प्रिन्सिपल टीकाराम पुरीलगायतले पुरस्कार प्रदान गरे ।




















