
मनको बह नै तापिदिएँ बिदाइको घडीमा
वर्षको बर्को खापिदिएँ बिदाइको घडीमा।
आशा निराशा बीचैबीच बगिरह्यो जिन्दगी
निर्बाध खुसी साँचिदिएँ बिदाइको घडीमा।
तीतो मीठो यादहरूलाई अञ्जुलीमा समेटेर
स्मृति- उपहार राखिदिएँ बिदाइको घडीमा।
जिन्दगीको यात्रा कति हिँडेँ कति बाँकी छ
सोच्ने समय काफी दिएँ बिदाइको घडीमा।
कति झुके कति दुखे अन्तरतम भावनाहरू
दुखाउनेलाई माफी दिएँ बिदाइको घडीमा।



















