नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ५, मंगलबार ०७:३२

काठमाडौं। नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बुको सुमधुर स्वरमा सजिएको यस गीतले वैदेशिक जीवन र प्रेमको भावनात्मक कथालाई प्रस्तुत गरेको छ।

गीतको शब्द तथा संगीत नोबिन जेकेले तयार पारेका हुन्। आधुनिक मेलोडी र समसामयिक भावना समेटिएको यस गीतमा भोला पौडेलले रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

Advertisement

भिडियोमा कलाकार निशान एसके र कविता न्यौपानेले अभिनय गरेका छन्। वैदेशिक भूमिमा रहेका नेपाली युवायुवतीको प्रेम र संघर्षलाई भिडियोमा देखाइएको छ। दिपक गिरीले छायांकन गरेको यस भिडियोको निर्देशन स्वयं निशान एसकेले गरेका हुन्।

विदेशिएका नेपाली समुदायलाई लक्षित गरी निर्माण गरिएको यो गीतले अहिले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले बताएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.