
विराटनगर । विराटनगर महानगरपालिका–९ कलेज रोडमा बिहीबार एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी) तथा विराटनगर महानगरपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिउको हो । राजनीतिक विश्लेषक तथा कोशी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष पुरञ्जन आचार्यलेले शुभारम्भ गरेको शिविरमा ज्येष्ठ नागरिकसहित दुई सयभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरको उद्घाटन सत्रमा संस्थाका सभापति मणिकुमार अर्जेलले यस संस्थाले ज्येष्ठ नागरिकहरुका लागि विभिन्न स्वास्थ्य सुविधा, फिजियोथेरापी सेवाहरु र अन्य कार्यक्रमहरु नियमित गर्दै आएको जानकारी दिए । कार्यक्रममा भुवनेश्वर मण्डल, मीना जोशी लगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य शिविरमा डा. प्रफुल्ल कोइराला, डा. उपेन्द्रकुमार साह, डा.राजाबाबु मण्डलसहितका चिकित्सक र स्वास्थ्यकर्मीको टिमले सेवा दिएको थिाये । शिविरमा निःशुल्क जनरल मेडिसिन, हाडजोर्नी तथा नशा, पेट, छाती, मुटु, मधुमेह, उच्च रक्तचाप तथा आँखाको परीक्षण गरिएको थियो । जाँचपछि स्वास्थ्य परामर्श तथा निःशुल्क औषधिहरू समेत वितरण गरिएको थियो ।



















