३ हत्याका आरोपी २० वर्षपछि भारतबाट पक्राउ

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १०, आइतबार १७:३१
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

नेपालगञ्ज। प्रहरीले २० वर्षदेखि खोजी सूचीमा रहेका बाँकेका एक ‘सिरियल किलर’ लाई भारतबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२२ का ५३ वर्षीय अफजल पठान रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई भारतको बहराइचबाट पक्राउ गरेर नेपाल ल्याएको हो।

पठानमाथि शृंखलाबद्ध रूपमा तीन व्यक्तिको बीभत्स हत्या गरेको आरोप छ। पछिल्लो पटक १७ चैत २०८० मा नेपालगञ्ज–२१ का २२ वर्षीय मोहम्मद अरबी खाँको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। सो घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेत खटिए पनि अभियुक्त फेला पर्न सकेको थिएन। हत्याको करिब २ वर्षपछि पठानलाई पहिचान गरी पक्राउ गरिएको बाँकेका एसपी अंगुर जिसीले बताए।

प्रहरीका अनुसार पठानले व्यक्तिगत रिसइबीका कारण अरबी खाँको हत्या गरेका थिए। उनीविरुद्ध जिल्ला अदालत बाँकेबाट ७ दिनको म्याद लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको छ।

पक्राउ परेका पठानमाथि थप अनुसन्धान गर्दा उनी विगत दुई दशकदेखिका अन्य दुई हत्याकाण्डमा समेत फरार रहेको खुलेको छ। उनी १७ असार २०६१ मा बाँकेमा भएको हफिजुल्ला खाँको हत्या र ११ भदौ २०६२ मा भएको रियाज खाँको हत्यामा समेत संलग्न रहेको प्रहरीले जनाएको छ। हफिजुल्ला हत्या प्रकरणमा उनी फरार प्रतिवादी थिए भने रियाज खाँको हत्यामा उनीविरुद्ध किटानी जाहेरी परेको थियो।

प्रहरीले अब यी पुराना दुवै हत्याका घटनामा पठानमाथि पुनः अनुसन्धान अघि बढाउने भएको छ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.