
काठमाडौं। नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबार प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ।
यस वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ पुगेको छ।
त्यस्तै आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६८ हजार ७ सय ७५ रुपैयाँ तोकिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। चाँदी तोलामा १७० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ७ सय ९७ रुपैयाँ तोकिएको छ।

























